
तिलोत्तमा। राष्ट्रिय सहकारी महासंघ लिमिटेड काठमाडौं पुल्चोकको आयोजनामा तथा जिल्ला सहकारी संघ रुपन्देहीको समन्वयमा मंसिर २४ देखि २६ सम्म लुम्बिनीमा अन्तराष्ट्रिय सहकारी शान्ति सम्मेलन २०२६ हुन गइरहेको विषयमा प्राम्भिक भेला भएको छ। भेलामा लुम्बिनी प्रदेश भरिका सहकारीहरुको उपस्थिति रहेको थियो ।
भेलामा राष्ट्रिय सहकारी महासंघ लिमिटेड काठमाडौं पुल्चोकको कार्यवाकाह अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय सहकारी महासंघ लि का लेखा सुपरिवेक्षण समिति संयोजक भीम प्रसाद तुलाचन , राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) का निवर्तमान अध्यक्ष डा.खगराज शर्मा , राष्ट्रिय सहकारी महासंघ लि का सञ्चालक टीका न्यौपाने,लुम्बिनी विशिष्टीकृत सहकारी लि का अध्यक्ष डि.बि. थापा लगायतको उपस्थितिमा महत्त्वपूर्ण छलफल भएको थियो ।कार्यक्रमको सञ्चालन महासंघका महाप्रबन्धक डा बाबुकाजी थापाले गर्नु भएको हो । भेला जनउत्थान साकोस रुपन्देहीको केन्द्रिय कार्यालय कोटीहवाको सम्मपन्न भएको हो ।
कमेन्ट गर्नुहोस्