
तिलोत्तमा । जापान गोजुरियो कराते डो मिसन संघ, नेपालको आयोजनामा तिलोत्तमा ७ भलवारीमा सेमीनार एण्ड क्लोज क्याम्प शुरु भएको छ । जापान गोजुरियो अन्र्तगतका ४० जना ब्ल्याक बेल्टधारी प्रशिक्षकहरुका लागी आइतबारबाट क्याम्प सन्चालन गरिएको संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. राना (काजी)ले जानकारी दिनुभयो । देशका विभिन्न भागबाट आएका खेलाडीहरुले यो क्याम्पमा प्रशिक्षाणत्मक प्रतिस्प्रर्धा गर्ने गरि तालिका मिलाइएको छ ।
गोजुरियो कराँतेलाई बढावा दिदै खेलकुदको क्षेत्रलाई थप फराकिलो बनाउन र खेल सस्ंकार तथा अनुशासन बढाउन आयोजना गरिएको क्याम्पको उद्धघाटन गर्दै तिलोेत्तमा नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण खाडले तिलोत्तमा कराँतेको उर्वर भुमि भएको बताउनुभयोे । वहाँले सबै ब्ल्याक बेल्ट प्रशिक्षकहरुलाई क्लोज क्याम्पमा उत्कृष्ट ढंगबाट सरिक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि संघका प्रमुख सल्लाहकार भरत बहादुर के.सी.ले जापान गोजुरियो कराते डो मिसन संघ नेपाल, संघर्षमै हुर्किएको संस्था भएको बताउनुभयो । वहाँले क्लोज क्याम्पबाट खेलाडीहरुले थप अनुभव लिनसक्ने बताउनुभयो । संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष उमेश थापा लाटो मगरको सन्चालन तथा तिलोत्तमा उद्याग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएमले शुभकामना सहितको स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा माउण्ट एभरेष्ट कत्था मिल्सका सन्चालक तथा संघका सल्लाहकार बसन्त रोका क्षेत्री, तिलोत्तमा ७ का जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी तथा खेलप्रेमी महानुभाव लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्