लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पीएम कप क्रिकेट : लुम्बिनीले पुलिसलाई हरायाे

IMG

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई ५० रनले हराएकाे छ ।लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभर ५ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका दिनेश खरेलले ९४ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए ।


यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २५६ रन बनायो । लुम्बिनीका रञ्जीत खड्काले १२८ रन बनाए । पुलिसका ललित राजवंशीले ३ विकेट लिए ।योसँगै लुम्बिनी ६ खेलमा ७ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पुलिस ६ खेलमा ७ अङ्कसहित नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्