
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित न्यु इन्भारमन्ट अग्रेजी माविमा शनिबार कराँते विद्यार्थीहरूको दीक्षान्त तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल सितोरियो कराते सघं तिलोत्तमा डोजो संघको आयोजना तथा विद्यालय शाखा डोजो सघंको सहआयोजना रहेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा करातेकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल सितोरियो कराते सघं लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष सिंहले विद्यालय तहदेखि नै आत्मरक्षा शिक्षा र कराते प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।
उहाँले कराते अनुशासन, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती र नैतिक चरित्र विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो । नेपाल सितोरियो कराते महासङ्घका रेफ्री संयोजक उमेश थापाले करातेले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै बालबालिकालाई खेलकुदतर्फ प्रोत्साहित गर्न अभिभावकलाई आग्रह गर्नुभयो । तिलोत्तमा डोजोका अध्यक्ष सन्तु दगौरिया थारुले स्थानीय खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरिरहेको जानकारी दिनुभयो ।कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार तथा बेल्ट टेस्टमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्