
कुञ्जलापुर। रुपन्देहिको तिलोत्तमा नगरपालिकाको नगर खेलकुद बिकास समितिको आयोजनमा पुष १५ देखि शुरु हुन गैरहेको नगर अन्तर्गत वडा स्तरिय क्रिकेट प्रतियोगिता स्थगित भएको छ। प्राबिधिक कारणबश प्रतियोगिता संचालन गर्न सो मितिमा नसकिने भन्दै आयोजकका तर्फबाट नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत धनी प्रसाद शर्माको हस्ताक्षरित सुचनामा उल्लेख छ।
नगरका वडामा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन गरेन उदेश्यले सो प्रतियोगिता हुन लागेको थियो। प्रतियोगिताबारे जिज्ञासा राख्दा अर्को सुचना नआएसम्मको लागि स्थगित गरिएको शाखा अधिकृत धनी प्रसाद शर्माले बताउनुभयो। प्रतियोगिता अर्को सुचना आएपछि संचालन हुने समेत स्रोतले बतायो।
कमेन्ट गर्नुहोस्