लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाढीपीडितका लागि तिलोत्तमा सिर्जनशील समाजको अगुवाइमा राहत अभियान, भोली रसुवा जाँदै

IMG

तिलोत्तमा । बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन तिलोत्तमा सिर्जनशील समाजको अगुवाइमा राहत संकलन अभियान सञ्चालन गरिएको छ।


समाजले तिलोत्तमा–४, ड्राइभर टोल विष्णुपुरमा संकलन केन्द्र स्थापना गरी राहत सामग्री संकलन तथा व्यवस्थापनको काम अघि बढाएको हो। अभियानअन्तर्गत इच्छुक व्यक्ति, आमा समूह तथा टोल विकास संस्थाहरूको अगुवाइमा राहत सामग्री संकलन गर्नुका साथै प्रधानमन्त्री विपद् राहत कोषमा नगद सहयोग जम्मा गर्न प्रचार–प्रसारसमेत गरिएको छ।


समाजका अध्यक्ष सन्तोष बर्माले विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेकाले इच्छुक व्यक्ति, संघसंस्था, आमा समूह तथा टोल विकास संस्थालाई अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ।समाजकी सचिवालय सदस्य अन्जु पौडेलका अनुसार बाढीपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामग्रीको अभाव हुन नदिन अभियानलाई व्यवस्थित रूपमा अघि बढाइएको हो।


संकलित राहत सामग्रीमध्ये पहिलो चरणको राहत यही भदौ १७ गते बिहानै बाढीपीडित क्षेत्रमा लैजाने तयारी गरिएको समाजले जनाएको छ। अभियानमा सहभागी भै तिलोत्तमा–४, ड्राइभर टोल विष्णुपुरस्थित संकलन केन्द्रमा जिन्सी सामग्री उपलब्ध गराएका थिए।सो राहत संकलनमा स्थानिय लियो तथा लायन्स क्लब, विभिन्न समूह, आम समूह, टोल बिकास, युवा क्लबहरुले समेत सहयोगी भूमिका खेलेको थियो। 

कमेन्ट गर्नुहोस्