लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-५ को सार्बजनिक सुनुवाई सम्पन्न

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडकबत्ती,  आकासे पुल लगायतका वारेमा जिज्ञासा राखेका थिए ।


वडा वासिले विभिन्न सेवा, सुविधा तथा विकास निर्माणसँग सम्बन्धित सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरूले जनताको प्रश्नको जवाफ दिँदै वडाले गरेका काम, भावी योजना तथा उपलब्धिहरूको जानकारी गराउनु भएको थियो ।वडावासिका सुझाव सल्लाह  र वडाका आवश्यकताका आधारमा  योजना तर्जुम गर्ने अध्यक्ष रमेश डुम्रेले बताउनुभयो ।कार्यक्रममा निवर्तमान अध्यक्ष चेतनारायण भण्डारीले समावेशी रुपमा वजेट र योजना बनाउन सुझाव दिनु भयो । 


कार्यक्रममा नेकपा एमाले वडा उपाध्यक्ष केशव राज कोईरालाले राम्रा कामको  स्वागत र गलत कामको विरोध  रहने धारणा राख्नु भयो । उहांले विकास निमार्णका काममा ६० । ४० को लगानी  सहभागिता हटाउन सुझाव दिनु भयो ।कार्यक्रममा नेपाली कांग्रेसका वडा उप सभापति मिन प्रसाद अधिकारीले जनतामा पछिल्लो समयमा जागरण आएको बताउनु भयो । जनप्रतिनिधीहरुले जनताका  भावना अनुसार कामगर्नु पर्ने सुझाव दिनु भयो।सहभागिहरुले सार्वजनिक सुनवाइ कार्यक्रम हरेक वर्ष गर्नका लागि सुझाव दिएका थिए । कार्यक्रममा तिलोत्तमा–५ वडाका सबै जनप्रतिनिधी,  कर्मचारी, स्थानीयवडावासी, महिला, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा सदस्य हरि पन्थले  स्वागत गर्नु भएको थियो। 


कमेन्ट गर्नुहोस्