
कटैया। रुपन्देही स्थित समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतियाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक लाख आठ हजार तिन सय दश रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष मार्फत सो रकम हस्तान्तरण गरीएको समानता साकोसका अध्यक्ष टंक प्रहाद भुसालले जानकारी दिए ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको संस्थाको कोषाध्यक्ष बसन्त सिंह ठकुरीले जानकारी जानकारी दिएका हुन् ।संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको जनाएको छ । सस्थाले आफ्ना सदस्यका लागी मात्र नभएर हरेक नागरीकको बिपदमा मलम लगाउन सक्दो प्रयास गरेको अध्यक्ष टंक प्रसाद भुसालको भनाई छ ।
कमेन्ट गर्नुहोस्