लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाढीपछि रसुवागढी र तातोपानी ठप्प, कोरला नाका सञ्चालनमा

IMG

काठमाण्डाै – चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ ।भदौ १० गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ ।नाका फेरिएसँगै नजिकिँदै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।


तातोपानीबाट काठमाण्डाैसम्म सामान ल्याउँदा प्रतिकन्टेनर ७५ हजार र रसुवागढीबाट डेढ लाख रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा ४०० किलोमिटरभन्दा धेरै दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झन्डै ४ लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन् ।यसका साथै जोमसोमभन्दा माथिको सडक कच्ची र अप्ठेरो भएकाले पनि ढुवानीमा थप सास्ती र ढिलाइ हुने देखिएको छ ।चीनले सडक मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन । व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन् ।


रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन । तातोपानी नाका नखुलाए दशैँ, तिहारलगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्