
नयाँमिल। तिलोत्तमा नगरपालिकाले डेंगुरोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा भित्रका स्वयमसेवी महिलाहरुमार्फत डेंगु सचेतना फैलाउन सहज हुने भन्दै नगरपालिकाले बिहिबार नगरभित्रका स्वयंसेवी महिलाहरुविचमा कार्यक्रम गरेको हो ।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरभित्रका स्वास्थ्य सचेतनामा स्वयंसेवी महिलाले गरेका कामको प्रशंसा गर्दै डेंगु सचेतनामा पनि उहाँहरुलाई अगाडी सार्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो । नगरप्रमुख खाँणले तिलोत्तमा नगरवासि महिला स्वयसेवीहरुको सकृयताका कारण र पिउने पानीका कारण अन्य स्थानको भन्दा स्वस्थ रहेको समेत दावी गनुभयो । कार्यक्रममा नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक टोलटोल घरघरसंग स्वयंसेवी महिला नजिक भएको र आम नागरिकको विश्वास स्वयसेवी महिलामाथि रहेको कारणले पनि यो कार्यक्रम गरिएको बताउनुभएको छ । उपप्रमुख चौधरीले आवश्यक तालिम दिन नगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा स्वयसेवीको कामको उचित मुल्यांकन पनि गर्ने गरी नगरपालिका लागेको समेत बताउनुभयो ।
कमर्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले स्वागत संगै स्वास्थ्य शाखाले गरेका काम र महिला स्वयमसेवीलाई जोड्दै अगाडि बढ्नका लागि गरिएका प्रयासका विषयमा बोल्नुभएको थियो ।तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत छैंठौ अधिकृत रामप्रसाद ढकालले कार्यक्रमको सहजीकरण गर्दै नागरिकका घरदैलोमै सेवा प्रवाह गर्नका लागि प्रतिनिधीमुलक सहभागितामा कार्यक्रम आयोजना गरिएको भन्दै त्यसै अनुरुप लाग्न आग्रह गर्नुभएको छ । यसैविच बिहिबार नै स्वास्थ्य शाखाले सामुदायिक विद्यालय र कार्यपालिका सदस्यहरुका विचमा पनि डेंगुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । डेंगि सचेतना फैलाउनका लागि छुटटाछुटै कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्