
पौराणिक काल देखि कलकल निरन्तर बग्ने नदि हो तिलोत्तमा
आफूमै एउटा सम्भावना बोकेको उदाहरणिय भुमि हो तिलोत्तमा
चराचुरुंगी र प्राकृतिक छटाले भरिपूर्ण बनजंगल, खोला नाला र यहाको बाताबरणले जो कसैको मनै लोभ्याउछ।एउटै कलरकोडका घर बिद्यालय, हरेक वडाका स्वास्थ्य चौकी, वडा कार्यालय र त्यस वरपरका बाताबरणले प्रकृतिसंग मानव अस्तित्वको भाव झल्काउछ।यहाँका मानिस कृषि , ब्यापार, उद्योग, पर्यटन संगै विभिन्न मौसमी तथा बार्हमासे नगदेबालीका पकेट क्षेत्रमा दिनहुजसो ब्यस्त हुन्छन , हरेक बार यहाँका प्राय स्थानमा सुब्यब्स्थित हाटबजार लाग्ने गर्दछ। त्यसो त यहाँ उत्पादित बस्तु तथा सेवा र बजारीकरण गर्न र यहाँबाट निर्यात गर्न सहज भएको छ।
हरेक सुबिधाको कडी बनेको तिलोत्तमाको सहरी क्षेत्रमा बढ्दो सहरीकरणले यहाँको बाताबरण थप जटिल र कुरुप बन्दै गयो। त्यो सफा र स्वच्छ बाताबरण डरलाग्दो गरि बिनाशका नजिक पुग्दै गयो। फोहोरका डङ्गुरहरु यात्रा तत्र छरिएर मानिसलाई नै गिज्याउन थाल्यो।सायद अब मान्छेलाई पनि लाग्यो होला, हो यो नराम्रो कुरा हो , फोहोर ब्यबस्थापन नगर्दा यसले दिर्घकालिन असर त पक्कै पुर्याउछ , सोही सोच अनुरुप तिलोत्तमाले बढायो फोहोर टिप्नका लागि आफ्नो पाइला।आखिर एक थुकी थुक, सय थुकी नदि जस्तै भयो नगरका आम नागरिकमा चेतना फैलियो, अब लाग्न थाल्यो फोहोर हाम्रा लागी घातक छ।
दुधेबालक देखि वृद्धबृद्दाहरुले पनि फोहोर सधै को लागि हटाउने र त्यसको उचित ब्यबस्थापन गर्ने प्रण गरे।यहाँका फोहोरले धरासायी खोला, नाला, चौर, खाली जमिन एकाएक पहिलेको तुलनामा भरमग्दुर सफा हुदै गए। चेतना यस्तो फैलियो कि अब जहापायो त्यहि फोहोर फाल्ने बेला हात काप्न लाग्यो , मानिसले फोहोरको उचित ब्यबस्थापन गर्न माध्यम खोज्न थाल्यो।पुर्वमा रोहिणी नदि सुस्साउदै आफ्नै तालमा बग्छिंन , पश्चिममा तिनाऊले हावा संग सुस्केरा मिलाउछ। उत्तरमा बटौलिको न्यानो काखमा बसी दक्षिणमा बुद्धस्थलसम्मको परिवेश बिचमा तिलोत्तामाले आफ्नो पहिचान बनाएको छ। बिहानीको मिर्मिरेमा निद्रा खुलाउने गरि सरसफाइको लहर आउछ अनि मानिस ब्युझाउछ र सहरसफा राख्ने होडमा मरिहत्ते गर्छ , सिट्टी फुक्छ, घर बोलाउछ , चेतनशीलका घर सफा गराउछ र बाटो तताउछ।
त्यति मात्र होइन हरियाली प्रबर्धन र यसका लागि कहिले घामसंग पसिना काढ्छ , कहिले पानीसंग डुबुल्की मार्छ , कहिले हावा संग बहकिन्छ त् कहिले अध्यारोसंग मितेरी लगाउछ , तथापि उसको एउटै लक्ष्य साबित गर्छ म फोहोर गर्दिन र गर्न दिन्न। यहाँका धार्मिक, सास्कृतिक, पर्यटकिय क्षेत्र तथा तिलोत्तमालाइ चिनाउने चिनारीका पहाड हरुलाई अझै अग्लो बनाउन कोसिस गरिरहेको हुन्छ। त्यहाका फुलबारी, सफा सडक, बोटबिरुवा र टोल टोलका गाउँ गाउँका मेहनती मन हरुमा ढकमक्क फुल्छ। र त अझै भन्छ हो यो सिद्धिएको छैन यो त निरन्तर चल्छ , जबसम्म हामी मानिस हुन्छु फोहोरलाई सफाई गर्ने शृंखला अविच्छिन्न चलिरहन्छ।
पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा तिलोत्तमाका नामबाट रहन गएको उक्त नदीले राणाकालको आरम्भसँगै स्थानीय थारु जमिन्दारको विशेष पहलमा सिँचाइको व्यापकता पाएको बुझिन्छ । यही तिलोत्तमा नदीबाट सिंचित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर यस नगरको नाम तिलोत्तमा राखिन गएको हो । वर्षामासमा पहाडी पाँगो बोकेर आउने तिलोत्तमा नदीले यस क्षेत्रलाई अन्न, तरकारी र फलफूलका लागि अत्यन्त उर्वर बनाएको छ । तिलोत्तमा भूमिको कृषिका निम्ति तिलोत्तमा नदी वरदान सावित हुँदै आएकाले पनि यस नगरको उपर्युक्त नाम उपयुक्त रहेको छ । यहाँका खेती किसानी करेसाबारी, फलफुल, पशुपालन, माछापालन, नेपालमै उत्कृस्ट रहेका छन्। लगानीको अक्षत भुमि भएकाले पनि तिलोत्तमा स्वास्थ्य,शिक्षा, बिधुत, खानेपानी, ढलनिकास, पाटि पौवा, अस्पताल, आदि क्षेत्रमा पोख्त छ। यहाँ उत्पादन हुने दुध, माछा, तरकारी, धान, गहु, मकै, दलहन, फुल र विभिन्न स्थानिय ब्यबसायमा स्वरोजगार र निर्भरता मात्रै होइन यहाँदेखी बाहिर निर्यात गर्दै आयआर्जनमा समेत सहज भएको छ।
करिव १२६.२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस सुन्दर भुमिको लम्बाई सरदर १२.५ कि.मि. र चौडाई सरदर १०.१ कि.मि. छ । २०७८को प्रारम्भिक जनसंख्या तथ्यांक अनुसार करिव १ लाख ५० हजार मानिसले बसोबास गर्ने यस नगरपालिकामा चेतनाको स्तर पनि उत्तिकै वृद्धि भएको छ। वि.सं. २०७१ सालमा नगरपालिका घोषणा भई २०७३ सालमा नगरकार्यपालिकाका रूपमा स्थापित यस नगरमा एकीकृत बस्ती विकास, योजनाबद्ध सहरीकरण, आधारभूत भौतिक सुविधाको उपलब्धता आदिको उचित व्यवस्थापन गर्न सकिने प्रशस्त आधारहरू रहेका छन् । पुराना सहरहरूले भोगिरहेका समस्यालाई शिक्षाका रूपमा लिँदै यस नगरमा रहेका विशिष्ट सम्भावनाहरूको गम्भीरतापूर्वक अध्ययन गरेर दीर्घकालीन योजनाका साथ अगि बढेमा यसको समुज्ज्वल भविष्य देखिन्छ ।
कमेन्ट गर्नुहोस्