
तिलोत्तमा, १६ मंसिर २०८१। सहकारीको चाहाना ! विश्व समृद्धिको कामना भन्ने नाराका साथ संचालित पशुपति बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा-१५ कोटिहवाको २५ औं वार्षिक उत्सब तथा रजत महोत्सवको अबसरमा अन्तर सहकारी अध्यक्ष, प्रतिनिध, सरोकारवाला निकाएका ब्यतित्वहरु संग अन्तरक्रिया कार्यक्रम शनिबार पथरडाडामा सम्मान गरेको छ।पशुपति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता र जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारि अयोध्या प्रसाद भण्डारिको प्रमुख आतिथ्यतामा भएको थियो।
अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारि भण्डारिले नेपालको मात्रै अर्थतन्त्र ओरालो नलागि ससारको अर्थतन्त्र ओरालोलागेको र सहकारीहरुमा समस्या भएको तर सबै सहकारिमा समस्या नभएको बताए । स्थानीय सहकारीलाइ सरकारले पनि अत्यन्तै दमन गरेको बताउदै एक सहकारीमा मात्रै सदस्य बन्न नपाउने निति लिएर सेयर सदस्यहरुलाइ अफ्ट्यारो पारेको गुनासो गर्नु भयो।रजत महोत्सबको अबसरमा सहकारीले मानब सेवा आश्रम तिलोत्तमा शाखामा खाना खुवाएर सुरुवात गरेको थियो। सस्थाले रक्तदान, सरसफाइ र पशुपति कलेजमा अक्ष्यकोष स्थापना लगाएतका कार्यक्रम गरि रजत महोत्सव मनाइने सहकारीका ब्यबस्थापक मिन बहादुर कार्किले जानकारि दिए। सस्थाका सचीव अर्जुन बस्यालको सन्चालनमा कार्यक्रम सम्मान भएको थियो।
कमेन्ट गर्नुहोस्