तिलोत्तमा, २०८१ भद्र २६ गते।खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको १८ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण गरिएको छ ।बुटवल १७ प्रतिनगरमा रहेको जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष टक प्रसाद न्यौपानेले खुद्रा किराना व्यवसायी सङ्घले विद्यालयमा हरेक वर्ष सामाजिक उत्तरदायित्वका कामहरू विद्यालयमा गरेको भन्दै धन्यवाद व्यक्त गरे ।सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले सङ्घले संस्थाले विभिन्न सामाजिक सेवा अन्तर्गत गर्दे आएको बताउँदै अहिले विद्यालयमा वृक्षारोपण गरिएको बताए ।
सल्लाहकार कृष्ण पाण्डेले वृक्षारोपण गर्नुभन्दा पनि त्यसको सुरक्षा गर्नु चुनौती रहेको बताउँदै आवश्यक मल तथा अन्य सामाग्रीको लागि सङ्घबाट त्यसमा व्यवस्थापन गरिने विश्वास दिलाए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने , महासचिव दधि ज्ञवाली, नयाँ बुटवल टोल विकास समिति अध्यक्ष कृष्ण प्रसाद पोखरेल लगायतले बोलेका थिए । २०६२ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ भने विद्यालयमा २५० जना विद्यार्थी रहेका छन् । विद्यालयमा प्रगतीनगर क्षेत्रका अधिकांश अव्यवस्थित तथा न्यून आए भएका बालकालिकाहरुले अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्