
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित श्री बाँसघारी देवी शक्ति पीठमा यही भदौ ८ गते सोमबार महाभैरव भजन तिलोत्तमाको आयोजनामा बृहत भजन तथा कीर्तन कार्यक्रम हुने भएको छ।सकारात्मक ऊर्जा प्राप्त गर्ने उद्देश्यका साथ एकदिने शान्ति यज्ञसँगै महाभैरव भजन तिलोत्तमाको बृहत भजन–कीर्तन कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजक मन्दिरका अध्यक्ष देवी प्रसाद आचार्यका अनुसार बिहान ७ बजेदेखि शान्ति यज्ञ सञ्चालन हुनेछ भने साँझ भजन–कीर्तन कार्यक्रम आयोजना गरिनेछ।धार्मिक तथा आध्यात्मिक वातावरणमा आयोजना हुने उक्त कार्यक्रममा भक्तजन, भजनप्रेमी तथा स्थानीय समुदायलाई उपस्थित भई सहभागी हुन भजन आयोजक महाभैरव भजन तिलोत्तमाका पुजन केसीले आग्रह गरेका छन।
शान्ति, सद्भाव र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महाभैरव भजन तिलोत्तमाका कलाकार तथा भजनप्रेमीहरूको विशेष प्रस्तुति रहने जनाइएको छ।
कमेन्ट गर्नुहोस्