लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको करिव २ अर्व ७७ करोडको बजेट नगरसभाबाट सर्बसम्मतले पारित

IMG

तिलोत्तमा, असार २६ गते २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८१/८२ का लागि २ अर्व ७६ करोड ६२ लाख २२ हजार रुपैयाको बजेट बुधबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ ।


नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिबेशनको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ५ गते बुधबार बजेट नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । सो नगरसभा लगत्तै असार १० गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु २ अर्व ७६ करोड ६२ लाख २२ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको हो । असार २६ गते बुधबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट नगरसभाको तेस्रो बैठकमा छलफलका लागि पेश भएको हो ।


बजेटमा चालु खर्चतर्फ रु  १ अर्ब २४ करोड ४३ लाख ७४ हजार अर्थात ४४.९९ प्रतिशत र पूँजीगततर्फ रु १ अर्व ५२ करोड १८ लाख ४८ हजार खर्च अर्थात ५५.०१ प्रतिशत हुने अनुमान गरिएको छ । आज सम्पन्न नगरसभामा  न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिबेदन माथि छलफल गरी सर्बसम्मतीले पारित गरिएको छ ।


नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाणले गर्नु भएको थियो नगर उपप्रमुखले बजेट सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। नगर प्रमुख खाणले नगरसभा सदस्यले राखेका सुझाव ग्रहण गर्दै जिज्ञासाको सहजीकरण गर्नुभएको थियो । विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य तथा स्थानिय सुशासन समितिका संयोजक राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो। नगरपालिकाले यसबर्ष करको दायरा बढाएको छ भने केहि ब्यबसाय कर तथा सवारी कारमा समायोजन गरेको छ।  

कमेन्ट गर्नुहोस्