लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोमबार रातीको बेमौसमी पानीले देवदह र तिलोत्तमाका इट्टाभट्टा र गहुँ बालीमा क्षति

IMG

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । सोमबार रातीको असिना सहितको वर्षाले  इट्टाभट्टा र अन्नबालीमा ठूलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको छ । गहुँसहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण क्षति पुगेको किसानहरुले बताएका छन् । त्यसो त देवदह स्थित एक  इट्टाभट्टामा समेत तयारी अवस्थामा रहेको करिव १ करोड भन्दा बेसीको  इट्टा बिग्रिएको अवस्थामा रहेको  इट्टाभट्टा संचालक पुरुसोत्तम सुबेदीले बताए।  लगातार भएको बर्षाका कारण पश्चिम नेपालका इट्टा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् ।


यो सिजनमा एक पटक बर्षाले क्षति ब्यहोरोका व्यवसायीले अहिले थप क्षति झेलिरहेका छन् । काँचो इट्टाको बीमा नहुने भएकाले व्यवसायीले नोक्सानको भरपाई आफै गर्नुपर्ने अवस्था छ ।झरीसंगै करोडौं इट्टा नोक्सानी भएपछि जिल्लामा इट्टाको मुल्यमा भारीवृद्धि हुने संकेत देखिएको छ । हाल एक नम्बरको प्रति इट्टा मुल्य १५ रुपैयामा विक्रि हुँदै आएको छ । इट्टा व्यवसायीका अनुसार अब आउने इट्टाको मुल्यमा केहि वृद्धि हुने बताइएको छ । सम्भवतः एउटा इट्टामा २ रुपैयासम्म शुल्क बढ्न सक्ने बताइएको छ । यद्यपि इट्टा व्यवसायी संघले भने यसको अझै आधिकारीक निर्णय भने गरेको छैन । 

कमेन्ट गर्नुहोस्