लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘छक्कापञ्जा ५’ को छायांकन वैशाख दोस्रो सातादेखि पोखरामा

tillotmacitynews - 2024 Mar 07 06:01 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । ‘छक्कापञ्जा ५’ बारे अहिलेसम्म निर्देशक र प्रदर्शन मितिबारे मात्र जानकारीमा छ । दीपाश्री निरौलाले निर्देशन गर्ने यो श्रृंखलाको प्रदर्शन आगामी दशैंलाई तय गरिएको छ । यसबाहेक छायांकन मिति, लोकेसन र अहिलेसम्म निश्चित भएको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । अभिनेता तथा निर्माता दीपकराज गिरीले वैशाख दोस्रो सातादेखि यसको छायांकन पोखरा आसपासमा हुने बताएका छन् ।


दीपक र केदार घिमिरे ‘माग्नेबुढा’मात्र पाँचौं श्रृंखलाको कास्टिङमा निश्चित छन् । ‘अहिलेसम्म हामी दुईजना मात्र निश्चित छौं । अन्य कलाकार तय छैनन्,’ गिरीले भने । उनको यो भनाइले धेरै कुराको संकेत गर्छ । ‘छक्कापञ्जा ४’ को इण्डिङले धेरै कुरा बीचमै छाडेको थियो । दीपाश्रीलाई नेतृको रुपमा यो फिल्मले इण्डिङमा पेश गरेको थियो । जसअनुसार फ्यानलाई अहिले पनि सोही कथाले निरन्तरता पाउने आशा छ । तर निर्देशन दीपाश्रीले गर्ने भएपछि शीर्ष भूमिकामा उनी देखिनु चुनौतीपूर्ण हुनसक्छ । यतिबेला दीपक स्वयंले स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई टुंग्याउने उनको तयारी छ ।

कमेन्ट गर्नुहोस्