लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा क्लोथ एन्ड फुड बैंक सञ्चालनका लागि सम्झौता

tillotmacitynews - 2024 Feb 09 02:08 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।


मानव सेवाको लागि ‘पुरानो कपडालाई पुन: प्रयोग’ भन्ने नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास व्यक्त गरे ।बुटवल नगरका विभिन्न स्थानमा संकलन बक्स राखिने र संकलित कपडालाई पुन: प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने छ । देशका सातै प्रदेशमा सञ्चनलम हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ गर्न लागेको क्लोथ एण्ड फूड बैंकका अभियानकर्ता कमल जिसीले बताए ।

कमेन्ट गर्नुहोस्