लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करिव ४ सयको शव भेटियो : भोटेकोशीमाथि नयाँ ताल, सावधानी अपनाउन आग्रह

IMG

काठमाण्डाै – हिजो बाढी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो ।चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणअनुसार ताल देखिएको हो । ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ ।महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ ।


रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए

रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् ।जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ ।यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।


३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता, कुन देशका कति ?

रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिकसमेत बेपत्ता भएका छन् । आज साँझसम्मको विवरणअनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता छन् ।

बेपत्ता विदेशी नागरिकको देशगत विवरण यस्तो छ :

भारत — १७८ जना

चीन – १०० जना

अमेरिका – ६५ जना

युक्रेन – ५३ जना

अस्ट्रेलिया – ३५ जना

क्यानडा – २५ जना

रुस – ८ जना

जर्मनी- ८ जना

फिनल्यान्ड –  १ जना

लात्भिया – ६ जना

दक्षिण अफ्रिका – ६ जना

दक्षिण कोरिया –  ८ जना

जापान – ५ जना

न्युजिल्यान्ड – ५ जना

मलेसिया – ५१ जना

युनाइटेड किंगडम-  ३३ जना

फ्रान्स – ४ जना

इटाली – २ जना

आयरल्यान्ड – २ जना

इजरायल – १ जना

कजाकिस्तान – २ जना

नेदरल्यान्ड्स  – २ जना

फिलिपिन्स – १ जना

पोर्चुगल – ३ जना

सर्बिया  -१ जना

सिंगापुर – ९ जना

लिथुआनिया – १ जना

बेल्जियम  – ३ जना

स्पेन – ३ जना

बेलारुस – १ जना

हंगेरी – १ जना

स्वीडेन –  १ जना

कमेन्ट गर्नुहोस्