लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबार दिउसो ४ बजे गरिमाको न्यायका लागि बिरोध कार्यक्रम आयोजना, सबैलाई सहभागी हुन आग्रह

IMG

तिलोत्तमा- तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जबर्जस्ती करणीपछि भएको निर्ममता कठिन मृत्यु भएको घटनाको विरोधमा शनिबार साँझ ४ बजे मणिग्राम चोकमा विरोध कार्यक्रम आयोजना हुने भएको छ। 


घटनाको निष्पक्ष छानबिन, दोषीमाथि मृत्युको बदला मृत्यु भन्दै कडा कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै आयोजित कार्यक्रममा सम्पूर्ण आमासमूह, क्लब, टोल विकास संस्था लगायत तिलोत्तमा नगरवासीलाई सहभागी हुन अपिल गरिएको छ।आयोजक पक्षले बालबालिकाको सुरक्षा र न्यायका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताएको छ। कार्यक्रममा सरकारको ध्यानाकर्षण गराउँदै घटनामा प्रभावकारी अनुसन्धान र न्याय सुनिश्चित गर्न माग गरिने जनाइएको छ।


यसैबीच, सरकारबाट घटनाप्रति आवश्यक ध्यानाकर्षण नभए विवेक भण्डारीले अनशन बस्ने घोषणा गरेको बताइएको छ।कार्यक्रममा शान्तिपूर्ण रूपमा सहभागी भई पीडित परिवारका लागि न्यायको आवाज बुलन्द गर्न आयोजकका तर्फबाट बिबेक भण्डारीले सबैमा आग्रह गरेका छन।

कमेन्ट गर्नुहोस्