लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाउन्नकोटी सामुदायिक वनको रजत महोत्सवमा विविध कार्यक्रम

IMG

तिलोत्तमा। बाउन्न कोटी सामुदायिक बन उपभोक्ता समूह चिमटिपले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा रुपमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।बनले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव–२०८३ विविध कार्यक्रम सहित मनाउने भएको एक पत्रकार सम्मेलनका बिचमा समितिले जानकारी दिएको छ। समूहले मंगलबार पत्रकार सम्मेलन गरी फरक–फरक दिनमा नौवटा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो।


कार्यक्रमअन्तर्गत बुधबार वृक्षरोपण, भदौ १४ गते अन्तरक्रिया, १६ गते आँखा शिविर, २० गते साइकल दौड प्रतियोगिता, २३ गते वडाभित्रका ११ विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता, २४ गते आश्रममा भोजन कार्यक्रम, २५ गते तीजगीत प्रतियोगिता र असोज १ गते भलिबल प्रतियोगिता आयोजना गरिने वनका सहसचिव तथा कार्यक्रम संयोजक श्याम बस्यालले जानकारी दिनुभयो।


वनका अध्यक्ष ताराप्रसाद छन्त्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले बाउन्नकोटी वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महोत्सवअन्तर्गतका कार्यक्रम प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।प्रतियोगिताका विषयवस्तु वन तथा वातावरणसँग सम्बन्धित रहने बताउँदै अध्यक्ष छन्त्यालले वनभित्र रहेका नन्द–भाउजू ताल, पिकनिक स्पट र बाल उद्यानलाई थप व्यवस्थित र आकर्षक बनाउने योजनासहित वन समूह अघि बढिरहेको जानकारी दिनुभयो।


कार्यक्रममा वनका उपाध्यक्ष लक्ष्मण भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दुर्गी कुमारी रानाले गर्नुभएको थियो।कार्यक्रममा पत्रकारहरुले सामुदायिक बन र रजत जयन्ती सम्बन्धि जिज्ञासा राखेका थिए।

कमेन्ट गर्नुहोस्