
तिलोत्तमा सिटी, २५ मंसिर २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पुरै अवधि जाने जिकिर गरेका छन् । आफू प्रधानमन्त्री भएलगत्तै सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै उने गठबन्धन केही नहुने जिकिर गरेका हुन् । ‘म प्रधानमन्त्री भएको भोलिपल्ट देखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ’, सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले भने ।
सरकारको काम कारबाहीबारे गठबन्धनको बैठक बसेर अर्को वर्षको तयारी गर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्