
१३ साउन, तिलोत्तमा। लायन्स कलब अफ बुटवल खस्यौली र यसै कलब को युथ शक्ति लियो कलब अफ सैनामैना र लियो कलब अफ बुटवल खस्यौलीको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । विगत ४ वर्ष देखि एउटै स्थान कैलाश आश्रम , नन्दनगर कपिलवस्तुमा गर्दै आएको कार्यक्रम संयोजक प्रेम प्रकाश श्रेष्ठले बताए ।लायन्स पार्क बनाउने उद्देश्यले यस वर्ष १५० बढि विभिन्न जातीका फुल , फल्फुल का बिरुवा रोपिएको छ। क्लबका अध्यक्ष मनोज पन्तको अध्यक्षता र लायन्स डिस्ट्रीक ३२५ पि का प्रथम भाइस गोभर्नर एमजिएफ पुरुशोत्तम प्रधानाङ्गको प्रमुख आतिथ्यता र कलबका सस्थापक अध्यक्ष एक डिस्ट्रीक चिफ एमजिएफको प्रमुख मुक्ति प्रसाद श्रेष्ठ र रिजन चियरपर्सन दिपक प्रसाद श्रेष्ठ आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कलबका सम्पुर्ण पुर्व अध्यक्ष, क्लबका केशव भण्डारी, लियो जिल्ला परिषद ३२५ पि नेपालका एरिया चिफ लियो सुमन पौडेल, लियो अध्यक्षका पुर्व अध्यक्ष, कैलाश आश्रमका अध्यक्ष ,गुरुकुलका गुरुहरु लगायत लायन्स, लियो ,आश्रम समितीका पदाधिकारी र बिद्यार्थीहरुको सहभागी रहेको थियो । पुजा ढकालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन अनिल पौडेलले गरेका थिए ।
कमेन्ट गर्नुहोस्