लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स भलवारी सिटिद्वारा स्वर्गद्वरी रोहिणी घाटमा बृहत वृक्षरोपण

IMG

तिलोत्तमा, असार ३१, २०८०।  लायन्स क्लब अफ भलवारी सिटीको आयोजनामा शनिबार तिलोत्तमा १० सग्रहवामा रहेको स्वर्गद्वारी रोहिणी घाटमा बृहत बृक्षारोपण गरिएको छ ।उक्त घाटमा बिभिन्न प्रजातिका ५ सय बिरूवा वृक्षरोपण गरिएको कार्यक्रम संयोजक तुलसी थारूले जानकारी दिईन । बृक्षारोपण कार्यक्रममा सदवन, आँप, तेजपत्ता र सगुनको बिरूवा रोपण गरिएको सहसंयोजन अशोक कुमार चौधरीले जानकारी दिए ।


लायन्स क्लब अफ भलवारी सिटीकी अध्यक्ष दुर्गा खाम्चा थापाको अध्यक्षता सचिव राम बहादुर थारूको सञ्चालनमा भएको थियो । लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ पी का सेक्रेटरी बिनोद खरेलले वृक्षरोपणले प्रकृति तथा मानवजातिमा हुने फाईदाका महत्वबारे प्रकाश पारेका थिए ।कार्यक्रममा लायन्स रिजन चिर्यपर्सन श्रवण कुमार थापा खाम्चा, तिलोत्तमा वार्ड नं. १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, तिलोत्तमा वार्ड नं. १० का पूर्व अध्यक्ष वैशमुनि थारूले लगाएतले बोल्दै बृक्षारोपण पछि त्यसको शंरक्षणमा पनि पनि ध्यान दिन आग्रह गरेका छन् । 

कमेन्ट गर्नुहोस्