लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज देशभर पानी पर्ने, ठूलो वर्षाको सम्भावना

IMG

तिलोत्तमा, असार २५। आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै  पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।


मनसुन सक्रिय रहेकाले बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने पनि मौसमविद्ले बताएका छन् । देशका सबैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।भोलि पनि देशभरको मौसम बदली भइ पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।  भोलि पनि कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्