लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको गैडहवा गाउँपालिकाद्धारा ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

tillotmacitynews - 2023 Jun 30 09:38 AM
IMG

तिलोत्तमा सिटी । असार १५ गते । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई बिहिबार लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरिएको हो । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहिबार एक कार्यक्रमका बीच लालपूर्जाबिहिनहरुलाई पूर्जा वितरण गर्नुभयो । लालपूर्जा वितरण गर्दै मन्त्रि चौधरीले सरकारले नाप जाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापेर वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयहरुलाई लालपूर्जा वितरण कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । 



कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भुमिहीन सुकुम्बासी र अव्यवस्थित वसोबासीहरुको व्यवस्थापनका लागि स्थानीय सरकारको सक्रियता सराहनीय रहेको बताउनुभयो  ।  घिमिरेले भुमिहीनबाट सरकारले लिने राजश्व चर्को भएको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराउनुभएको थियो  ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पुस्तौंदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल पुर्जा वितरणका लागि  आफुहरुले पहल गरेको बताउनुभयो । भोगचलन गरेको ६३ वर्षपछि लालपूर्जा पाएपछि स्थानीयमा खुसियाली छाएको छ ।  

कमेन्ट गर्नुहोस्