लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तापक्रम बढ्दो, गर्मी चढ्दो

IMG

तिलोत्तमा सिटी । जेठ १७ गते । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ । रुपन्देहीमा भने तापक्रम बढ्दो छ । रुपन्देहीमा आज दिउसोको तापक्रम ४२ डिग्रीको हाराहारीमा रहने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । रुपन्देहीमा अबको एक हप्त्ता सम्म नै पानि पार्ने तेस्तो कुनै प्रणाली बिकसित हुने सम्भावना नरहेको मौसमविद हरुले बताएका छन् । 



आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा अहिले हल्का पानी परिरहेको छ । ती क्षेत्रमा दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजै  कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी निम्न चापीय प्रणाली तथा स्थानीय वायूको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेपनि तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । काठमाण्डौमा अहिले घाम चर्किएको छ । काठमाण्डौमा आज पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।


कमेन्ट गर्नुहोस्