लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिल्म 'सोली डोली' निर्माणको घोषणा

tillotmacitynews - 2023 May 08 01:17 PM
IMG

तिलोत्तमा सिटी / वैशाख २५ । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको छ । चलचित्र ‘२ नम्बरी’ का निर्माता किरण नेपालीले चलचित्र ‘सोली डोली’ लाई निर्देशन गर्दैछन् ।


रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने यस चलचित्रमा ४ नायक र ३ नायिका रहने भएका छन् । कलाकारको नाम भने केही दिनमा नै सार्वजनिक गर्ने चलचित्र निर्माण टिमको तयारी रहेको छ ।


पूर्ण रुपमा कमेडी कथामा निर्माण गर्न लागिएको यस चलचित्रमा अमला देवी राई, प्रदीप भारद्वाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहनेछन् भने चलचित्रको कथा प्रदीप भारद्वाजको छ ।


कमेन्ट गर्नुहोस्