
तिलोत्तमा सिटी १६ बैशाख २०८०। कुकुर या अन्य रेबिजरोग लागेका पशुको टोकाईबाट मानिसमा लाग्ने रोग रेबिज लाग्न नदिन एण्टी रेबिज भ्याक्सिनको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुरुवात हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै सो भ्याक्सिनको नगरपालिका स्थित वडा नम्बर-६ सालघारी स्थित आनन्दवन स्वास्थ्य चाैकी मै रेबिज बिरुद्धकाे खाेप लगाउने कार्यकाे शुरुवात हुने वडा अध्यक्ष गणेश पाठकले बताएका छन्।
वडा अध्यक्ष सबै नगरबासीलाई सुचना सामाजिक संजालमा जारी गर्दै " आजका दिन सम्म कुकुरले वा अन्य जनावरले टाेकेकाे अवस्थामा सँभावित रेबिज राेग नलागाेस भनी हामी नगरबासी एन्टी रेविज भेक्सिन लगाउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल वा भिम अस्पताल भैरहवा जानुपर्थ्याे तर भाेली उप्रान्त त्यहाँ नै जानू पर्छ भन्ने हुने छैन ।" भनेका छन्।
सो भ्याक्सिनबाट रेबिज रोग लाग्न नदिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकृत ध्रुव घिमिरेले बताए। रोग लागिसकेपछि ९९ प्रतिशत मानिसको मृत्यु सम्भव भएको डरलाग्दो यो रोग रेबिज भएको पशुको टोकाई र सम्पर्क बाट हुने उनको भनाई छ। कुनै पनि रोग लाग्नु भन्दा रोग लाग्ने नदिनु उचित भएकोले यस पुनित कार्यमा सबै नगरबासी समाबेश हुन आग्रह समेत गर्नु भयो।
कमेन्ट गर्नुहोस्