लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संविधानबाट पाएका उपलब्धिको रक्षाका लागी मंगलापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

tillotmacitynews - 2023 Apr 07 11:16 PM
IMG

पार्वती थारु, तिलोत्तमा,२०७९ चैत्र २४। राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा तिलोत्तमाको मंगलापुरमा शुक्रबार (आज )अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संविधानबाट प्राप्त उपलब्धिहरु संघीयता , गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता लगायतको रक्षाका लागी  सर्वदलिय तथा सर्वपक्षिय विषयमा अन्र्तक्रिया कार्यक्रम  गरिएको हो । राष्ट्रिय जनमुक्ति पाटी प्रदेश परिचालन समिति लुथमाको आयोजनामा तथा जिल्ला कार्य समिति रुपन्देहीको व्यवस्थापनमा कार्यक्रम भएको हो । 


कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रिय अध्यक्ष झम बहादुर गुरुङ्खले संविधान त्रुटिपूर्ण  रहेको बताउदै त्यसलाई सच्याउनुपर्नै बताउनु भयो । उहाले अव देश बचाउने जिम्मेवारी हामीमा आएको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा पार्टीका केन्द्रिय महासचिव टोप अस्लामीले आज गरिएको अन्र्तक्रिया कार्यक्रम अन्र्तक्रियामा मात्र सिमित नभएर कार्यान्वयन तहमा पनि लैजाने बताउनु भयो । उहाले राष्ट्रिय जनमुक्ति पार्टीले उठान गरेका मुद्दा केवल पार्टीको मात्रै नभएर हाम्रा सन्ततिका लागी भएको उल्लेख गर्नु भयो । कार्यक्रममा बोल्दै उहाले संविधान बाट प्राप्त गरिएका उपलब्धिहरु अपुरो भएको बताउदै अझ त्यस उपलब्धिलाई बचाएर व्यवस्थापन गर्दै लैजान हामी सबैको कर्तव्य भएको बताउनु भयो । उहाले लोकतन्त्रलाई सही ढंगले बाटोमा ल्याउन सबै तहतप्काबाट लाग्नु पर्नै बताउनु भयो । यस्तै  संयुक्त पूर्व सैनिक, तथा प्रहरी कल्याण महासंघका जिल्ला उपाध्यक्ष, खुमबहादुर थापाले जनताले पाउने अधिकारका लागी संघर्ष गर्यो तर त्यो व्यवहारमा लागु नभउको बताउदै उहाले त्यसको लागी सबैजान लागीपर्न निकै जरुरी रहेको बताउनु भयो । 


मगरमहासघंका केन्द्रिय अध्यक्ष  छत्रबहादुर दर्लामीले बोल्दै राननितिक परिस्थिति र वेथितिलाई निराकरण गर्न आवश्यक भएको बताउनु भयो  उहाले भन्नु भयो “के हामी यसरी नै मुकदर्शक बनेर बसीराख्ने ? के परिर्वतनका लागी केही गर्न जरुरी छैन ?” कार्यक्रममा पार्टीका उपाध्यक्ष  कमला थापा,  डा. हाजी मोहम्मद हसन, होमाया गुरुङ, भीमबहादुर राना, मनीराम चौलागाई, पार्टीका महासचिव  टोप अस्लामी,  सचिव, मोजिब अलि, अनुगमन मुल समितिका संयोजक, दल बहादुर विरकट्टा, सदस्य तारा प्रसाद डुम्रे, संघीय महासंघका सदस्य नरजगं गुरुङ्ख, जनमत पार्टीका प्रतिनिधि नीलम यादव, नेपाल पत्रकार महासघका प्रतिनिधी प्रकाश आचार्य , नेपाल मगर संघ जिल्ला अध्यक्ष आन बहादुर सोती, संयुक्त पूर्व सैनिक, तथा प्रहरी कल्याण महासंघका जिल्ला उपाध्यक्ष, खुमबहादुर थापा , नेकपा माओवादी केन्द्रका प्रतिनिधि तथा तिलोत्तमा नगर पालिका का अध्यक्ष वेल प्रसाद शर्मा ,, नेपाली काग्रेंस जिल्ला  सभापति का प्रतिनिधि  गणेश पाठक, मगर महासंघका केन्द्रिय अध्यक्ष छत्र बहादुर दर्लामी,, नागरिक उन्मुक्ति पार्टीका रुपन्देही सहसचिव अशोक कुमार चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि चिन बहादुर गुरुङ्, राष्ट्रिय थारु  मन्चका केन्द्रिय संयोजक रेखा प्रसाद चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक,नारायण जिसी का साथै विभिन्न पार्टीका प्रतिनिधि , सदस्य तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो  । पार्टीका अध्यक्ष झम बहादुर गुरुङको  अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन पार्टीका सचिव चित्र बहादुर गुरुङ्ले गर्नु भएको थियो । 

कमेन्ट गर्नुहोस्