लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा जेसिसको एकैदिन दुई कार्यक्रम,रक्तदान र पुर्व अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०७९ माघ २९ गते। तिलोत्तमा जेसिसले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसिसले शनिबार बिहान रत्तदान कार्यक्रम र साझँ पुर्व अध्यक्ष सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तिलोत्तमा जेसिसका अध्यक्ष प्रकाश गौतमको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुलभ बन्जाडेले जानकारी दिए । तिलोत्तमा नगरपालीका स्थित वडा कार्यालयमा भएको रक्तदान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्दै जेसिसले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद दिए । 


यस्तै गरी तिलोत्तमा जेसिसले पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । जेसिसले तिलोत्तमा जेसिसको स्थापना गर्दै जेसिसलाई यहाँ सम्म ल्याई पु¥याउन सस्थाको नेतृत्व गर्नु भएका पुर्व अध्यक्षहरुको सम्मानमा कार्यक्रमको आयोजना गरिएको जेसिसका अध्यक्ष प्रकाश गौतमले बताए। उनले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रुपमा रक्तदान जस्तो महत्वपुर्ण मानविय सेवाको कार्यक्रमको आयोजना गर्दै सुरु गरेको बताउदै तिलोत्तमा जेसिसलाई यहाँ सम्म ल्याई पुर्याएका पुर्व अध्यक्षहरुलाई सम्मान गर्दै कार्यकालको सुरुवात गरेको बताए ।पुर्व अध्यक्ष सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं तिलोत्तमा नगरपालीकाका नगरप्रमुख राम कृष्ण खाणले समृद्ध तिलोत्तमा नगर निमार्णमा सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिए । उहाँले जेसिसले समाजमा रहेर युवाहरुलाई विभिन्न सामाजीक, मानविय सेवाका कार्यहरुमा जोड्नुका साथै युवाहरुमा रचनात्मक र सृजनशिलताको बिकास गर्नु पर्नेमा जोड दिनु भयो । 


जेसिस बर्ष २०२३ का लागी तिलोत्तमा जेसिसको आतिथ्यतामा सम्पन्न हुन लागेको क्षेत्र घ सम्मेलनको सन्दर्भमा बोल्दै उहाँले नगर भित्र कुनै पनि व्यवसायीक एव सामाजीक संघ सस्थाले संचालन गर्ने राष्ट्रिय महत्वको कार्यक्रम तिलोत्तमा नगरपालीकाको पहिचान सँग जोडिने बताउदै तिलोत्तमा जेसिसले अयोजना गर्न लागेको नेपाल जेसिसको क्षेत्र घ सम्मेलन सम्पन्न गर्न नगरपालीकाले पुर्ण सहयोग गर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा तिलोत्तमा जेसिसका सस्थापक अध्यक्ष बिनोद ढकाल पुर्व अध्यक्षहरु बिनोद सुवेदी, निशान बाबु कार्कि, जिवन गौतम, यादव भट्टराई, इश्वर पाण्डे, जय प्रकाश भट्टराई, लोक प्रसाद भण्डारी ( राजु ), बासुदेव शर्मालाई सम्मान गरिएको थियो । तिलोत्तमा जेसिसका सचिव महेश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्