लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अधुरा सबै योजना डेढबर्ष भित्रै पुरा गर्छु: रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपाने

IMG

तिलोत्तमा, २०७९ कात्तिक ३० गते ।  ने.क.पा एमालेका रुपन्देही क्षेत्र न १ ख का उम्मेद्धार दधिराम न्यौपानेले जनताको मतलाई सधै सम्मान गर्ने बताउनु भएको छ ।उहाँले अबको डेढ बर्ष भित्रै क्षेत्र नम्बर १ मा पुरा हुन नसकेका सबै अपुरा योजना पुरा गर्ने बताएका छन्। अघिल्लो चुनावमा पनि जितेर धेरै काम गरिसकेको बताउदै उनले जनताको चुल्हो बोल्ने र बिकासको आभास हुने गरि काम गर्ने बताए। आज रुपन्देहीको क्षेत्र न १ को ओमसतिया , तिलोत्तमा, र देवदहका आम जनता सगंको भेटघाट कार्यक्रममा उहाँले आफुले चुनाव जित्ने बताउदै आम जनताको लागी अबको ५ बर्ष सगै काम गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाले रुपन्देही १ ख मा पनी सबै क्षेत्रको बिकाश समान नरहेको बताउदै उत्तर र दक्षिणलाई मिलाएर लौजाने बताउनु भएको छ ।


आम जनताका धेरै चाहना रहेको र राजनैतिक दल प्रति नैरास्यता बढेर जानथालेको भन्दै अब सबै दल सुध्रीएर जानुपर्ने स्पष्ट पार्दै आफु सधै जनताको साथमा रहने भेटका क्रममा बताउनु भएको हो । भेटका अबशरमा जनताले आफुलाई परेका समस्या समाधानका लागी अनुरोध गरेका थिए। सुकुम्बासी बिजुली पानि स्वास्थ्य शिक्षा तथा यातायात र बाटोको मुख्य समस्यालाई चुनाव पछी समाधान गर्ने प्रतिबद्धता उम्मेद्धार न्यौपानेले जनाउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्