लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री बालकृष्ण खाँणद्वारा रुपन्देही–३ मा उम्मेदवारी

tillotmacitynews - 2022 Oct 09 10:14 PM
IMG

तिलोत्तमा, २०७९ असोज २३ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नंं ३ मा उम्मेद्वारी दिएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि उनले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


क्षेत्र नं. ३ मा यस अगाडि एमालेको समर्थनमा राप्रपाका दिपक बोहोराले उम्मेद्वारी दिएका छन् । त्यसैगरी प्रदेश सभातर्फ सत्तारुढ गठबन्धनबाट ३ क मा लोसपाका सन्तोष पाण्डे र ३ ख मा नेपाली कांग्रेसबाट रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्