लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धानको तनावमा रहेका तिलोत्तमाका कृषकलाई बाली उपचार शिविर

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धानको गाँज सुक्न थालेपछि कृषकहरुका लागि बालि उपचार शिविर सञ्चालन गर्ने नगरपालिकाका कृषि अधिकृत दोमलाल भुसालले बताउनुभएको छ । धानको गाँज मर्ने तथा बोट कुहिने समस्या देखा परेपछि नगरका सबै वडाहरुलाई परिपत्र गरी समस्याग्रस्त धानको नमूनासहित कृषकलाई तिलोत्तमा-१६ पर्सहवामा उपस्थित हुन आग्रह गरिएको उनको भनाई छ ।


नगरपालिकाले आइतबार सबै वडा कार्यालयहरुलाई पत्रकार गरी मँगलबार विहान नमूनासहित कृषकहरुलाई शिविरमा उपस्थित हुन आग्रह गरेको हो । राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवा तथा कृषि ज्ञान केन्द्र भैरहवाका विज्ञहरुबाट समस्या बारे जानकारी लिने तथा उपचारको उपाय बारे छलफल हुने जनाइएको छ । तिलोत्तमा–१६ विन्दबासिनी मन्दिर परिसरमा भदौ २८ गते बिहान ७:३० बजे आयोजना हुने शिविरमा कृषकका बाली सम्बन्धि समस्या बारे छलफल हुने भएको हो ।



कमेन्ट गर्नुहोस्