लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक साता अगाडि नै भित्रियो मनसुन, कस्तो रहनेछ आजको मौसम ?

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैबीच 

पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली मिति २०७४/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ ।’  नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । 

कमेन्ट गर्नुहोस्