लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महजोडीको ‘अनुष्का’ले बोल्यो साइबर अपराध घटना

IMG

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् ।महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य कलाकारले अभिनय गरेका छन् ।हास्यव्यंग्यमार्फत जनचेतना जगाउँदै आएको महजोडीले दुई साताअघि ‘हुण्डी’ नामको छोटो फिल्म पनि ल्याएका थिए । विदेशबाट गैरकानुनी रूपमा पैसा पठाउँदा कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको निर्माताले जनाएका छन् ।यसअघि चेलिबेटी बेचबिखनको कथालाई समेटेर निर्माण गरिएको हरिवंश आचार्यको शब्द, संगीत तथा स्वर रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतले पनि विशेष चर्चा पाएको थियो ।



कमेन्ट गर्नुहोस्