
२०७८ मङ्सिर २८, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकामा कामका हिसाबले चर्चामा रहने नगरपालिका हो । अहिले तिलोत्तमा नगरपालिकाले बालमैत्रीनगर पालिका घोषणाको कामलाई अन्तिम चरणमा पुर्याएको बताएको छ । नगरपालिकाले बालमैत्री नगर घोषणाका ५१ वटा सबै सूचकहरु पुरा गरेको र मंसीर २९ गते घोषणा गर्ने बताएको छ । प्रस्तुत छ, बालमैत्री नगर घोषणा र घोषणाका लागि गरिएका क्रियाकलापलाई केन्द्रित गरेर नगरपालिकाका शिक्षा प्रमुख गंंगाराम आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेपः
बालमैत्री नगर घोषणाको तयारी के के भईरहेको छ ?
हामी बालमैत्री नगर घोषणाको अन्तिम अवस्थामा हामी रहेका छौ । हामीले पुरा गर्नु पर्ने सबै सुचकहरु सबै वडामा पुरा भएका छन् । हामी मन्त्रालय, जिल्ला संन्वय समितिमा जानकारी र कामको प्रतिवेदन बुझाइसकेका छौ । सबै वडाहरुमा बालबालिका सम्बन्धि प्रचा, पम्पेटहरु टाँसेका छौ । सबै नगरबासीलाई बालमैत्री वातावरणका विषयमा जानकारी दिएका छौ ।
नगरबासीको सहयोगले नै हामी अन्तिम अवस्थामा पुगेको जानकारी दिन चाहान्छु । हामीले हाम्रो तर्फबाट गर्ने कामहरु सबै वडामा वडाअध्यक्षको अध्यक्षतामा बाल सञ्जाल प्रत्येक टोलमा ४ सय ३० बाल समुह, नगरप्रमुखको अध्यक्षतामा नगरस्तरिय बालमैत्री समिति, उपप्रमुखको अध्यक्षतामा नगरबाल अधिकार समिति, १७ वटै वडामा १७ जनाको नगरस्तरियर बाल समुह सञ्जालको गठन गरेर काम गरेका छौ । त्यसै गरी प्रत्येक वडा कार्यालयका बाल सम्पर्क शाखा स्थापना गरिएको छ । नगरपालिका कार्यालय पनि बालबालिका लागि कार्यकक्ष स्थापना भएको छ ।
बालमैत्री नगरपालिका हुँदाका फाईदा के हुन ?
बालबालिका भनेका देश निर्माणका खम्बा हुन उनिहरुलाई सानैबाट नै राम्रो मल जल गर्न सकियो भने त्यसको फल पनि राम्रो हुन्छ । अर्थात बालबालिकालाई राम्रो वातावरण दिदा त्यसले सकारात्मक प्रभाव पार्दछ ।
त्यसैले पनि नगरपालिकाले बाममैत्री नगरपालिका बनाउन आवश्यक ठानेर करिव दुई वर्षदेखि नै काम गरिरहेको थियो । यसैको फल स्वरुप हामीले यही मंसीर २९ गते बालमैत्रीनगर घोषणा गर्देछौं । अन्य क्ष्ँेत्रमा गरिएको लगानीले कस्तो प्रतिफल दिन्छ थाहा हुदैन तर बालबालिकामा गरेको लगानी खेर जादैन भन्ने हाम्रो मान्यता हो।
बालमैत्री नगर घोषणाका सुचक छन् त्यस मध्ये मुख्य मुख्य सुचक के के हुन् ?
बालमैत्रीका ५१ वटै सुचकहरु नै महत्वपुर्ण छन् । हामीले एएटा सुचकलाई लिन नसके पनि अपुर्ण हुन्छ । सबै बँुदा महत्वपुर्ण हुन्छन् । बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास सबै बाल मैत्री नगर घोषणाका सुचक भित्रका हुन् । यसमा ५१ वटा उप शिर्षकका बँुदाहरु छन् । हामीले विभिन्न सयन्त्र र क्रियाकलापहरु गरी सबै सूचकलाई पुरा गरेका छौ । बालमैत्रीको ५१ वटै सूचक पूरा गर्ने पालिकामा तिलोत्तमा पहिलो नगरपालिका बन्दै छ ।
बालमैत्रीनगर बन्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बालबालिकालाई के के फाईदा पुग्छ ?
बालमैत्री नगर बन्दा बालबालिकाले संविधान दिएको अधिकार प्राप्त हुन्छ । शोषण अन्न्याय, अत्याचारका विषयमा बालबालिका चनाखो हुन सक्छन् । राज्यका हरेक क्षेत्रमा उनीहरुको सामान सहभागिता हुन्छ । बालबालिकाले अधिकार प्राप्त गर्दे कर्तव्य बोध गर्न सक्षम हुन्छन् । घर परिवार बालबालिकाका विषयमा संम्बेदनशील हुन्छन् । सभा सम्मेलन र योजना निर्माणमा बाल सहभागिता रहन्छ । यस्ता धेरै फाईदा बालबालिकालाई हुन्छ ।
अभियान शुरु गरेदेखि आजसम्म आईपुग्दा के के समस्याहरु आई परे ?
समस्या भनेको नै चेतनाको स्तर बृद्धि गर्नु हो । हामीले बालबालिका क्षेत्रमा काम गर्दा नगरबासीको सकारात्मक सहयोग पायौ । यति हुदा हुदै पनि कहि कतै बाल विवाह हुने त्यसलाई रोक्न खोज्दा भनाभन हुने अवस्थाहरु पनि कहि कतै छन् । जनप्रतिनिधिलाई नमान्ने समस्याहरु छन् । कतै आर्थिक समस्याले गर्दा विद्यालयमा पठाउन नसक्ने जस्ता साना साना समस्यालाई नगरपालिकाले समेटेर अगाडी ल्याएका कारणले पनि त्यत्ति समस्या त भएन ।
तर पनि सबै वडामा सबै सुचकहरु पुरा गर्न त्यसक विषयमा जानकारी दिन र त्यसलाई व्यवहारमा लागु गर्न त समय लाग्ने नै भयो । यो विषयले संमग्र बालबालिकाका सबै पाटोहरुलाई रामा्रो गन्तव्यतर्फ लैजाने भएकाले पनि त्यत्ति धेरै अवरोधहरु आएनन् ।
बालमैत्री नगर घोषणाको अन्तिम तयारीमा हुनुहन्छ कार्यान्यनका लागि पछि के कस्ता कार्यक्रमहरु रहन्छन् ?
बलमैत्री नगर घोषणासँगै निरन्तरता दिनु पनि चुनौतीको विषय देखिन्छ तर पनि हाम्रो नगरले यसलाई सहि तरिकाले कार्यान्वयन गर्नका लागि ६ जना छुटै कर्मचारीको व्यवस्था गरेको छ ।
त्यसका साथै बालउद्धार कोष ५ लाख बराबरको बनाएको छ । विद्यालय सञ्चालनमा मापदण्ड, बालविकास सञ्चालनमा मापदण्ड, बालसमुह सञ्जाल गठन पछि सहजीकरण निर्देशिका २०७८, बालविकास सम्बन्धि निति बाल अधिकार सम्बन्धि निति नै तयार पारेर काम गर्ने योजनाहरु बनाएका छौ ।
त्यसैगरी हामीले सार्वजनिक स्थानमा बालबालिका सम्बन्धि सन्देशमुलका साम्रगीहरु राखेका छौ । पसल पसलमा बालबालिकाहरुलाई धुमपान, मध्यपान सुर्तिजन्य सामान किनबेच नगराउने जस्ता प्रतिबद्धता गराएका छौ ।
कमेन्ट गर्नुहोस्