
२०७८ मङ्सिर २७, तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानिय शासन युक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडाभित्र रहेका बाल बालिका सम्बन्धि गतिबिधि हरुको ५१ वटा सूचक पुरा गर्दै सोमबार बालमैत्री वडा घोषणा गरिएको हो ।योसँगै तिलोत्तमाका १७ वटै वडा बालमैत्री वडा घोषणा भएको छ । सबै जसो वडाको मङ्सिर २७ गतेकै दिन पारेर एकैपटक बालमैत्री वडा घोषणा भएको हो। तिलोत्तमा -२ वडा कार्यालय परिसरमा आयोजित एक समारोहबीच वडा अध्यक्ष दधिराम गौतमको अध्यक्षतामा भएको बृहत कार्यक्रममा वडाको बालश्रममुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरिएको हो। सो अवसरमा बोल्दै वडा अध्यक्ष दधिराम गौतमले पढ्ने उमेरका बालबालिकालाई ज्यालामा काम लगाउन नहुने भन्दै बालबालिका संग सम्बन्धित ४ अधिकारका क्षेत्रलाइ सुनिस्चित गराउन शुरुवात भएकोले सबै वडा बासीहरु मिलि बालबालिकाको अधिकार सुनिस्चितताका लागी संगै मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ।
सो कार्यक्रममा वडा तथा वडा बासीहरुमा बधाई तथा शुभकामना दिदै नेकपा एमालेका नगर अध्यक्ष तथा वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले बाल बालिकालाई घर बाटै बालमैत्री बाताबारणका लागी सहज बनाउन आग्रह गर्दै बालबालिकाको भविष्यका लागि सबै कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो। सो अवसरमा प्रमुख अतिथि वडा बाल समूह तथा नगर बाल संजालका अध्यक्ष स्नेहा पौडेल,शंकरनगर दुर्गादत्त माविका अध्यक्ष उमानाथ कंडेल, तिलोत्तमा क्याम्पसका मुकुन्द राज आचार्य, शिक्षक प्राचार्य चण्डी प्रसाद पाण्डे, प्रधानाध्यापक टंक पौडेल ,जनमुक्ति पार्टीका डोर बहादुर राना, वडा बाल समूह तथा नगर बाल संजालका अध्यक्ष स्नेहा पौडेल, प्रिन्सिपल गोपाल गौतम, प्र अ गङ्गा थापा, विभिन्न सहकारी, खानेपानी सस्था, सरसफाई सस्था, क्लब, आमा समूह, चेम्बर अफ कमर्स, टोल बिकास, स्वास्थ्य चौकी, प्रहरी संचारकर्मी लगायतले बोल्दै वडालाई बधाई तथा निरन्तरताको लागि शुभकामना तथा प्रतिबद्धता ब्यक्त गरेका थिए। वडा सचिव अनिता शर्मा ज्ञवालीले संचालन गर्नुभएको कार्यक्रममा तिलोत्तमा वडा नम्बर -२ का जनप्रतिनिधिहरु नेत्र कुमारी शर्मा,रुपा बिक , खेमराज पाठक,श्यामलाल खत्री क्षेत्रि,को उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्