
२०७८ मङ्सिर २१, तिलोत्तमा सिटी। रुपन्देहीको १६ स्थानिय तह मध्ये पहिलो बालमैत्री नगर बनाउने अभियानमा लागेको तिलोत्तमा नगरपालिकामा अहिले बाल मैत्री स्थानीय शासन सम्बन्धी सचेतनामुलक कार्यक्रम हरु तिब्र रुपमा भैरहेको छ। यसै सन्दर्भमा तिलोत्तमा-२ स्थित जन जागृति माध्यामिक विद्यालयले आफ्नो क्षेत्रमा पर्ने स्थानमा तिलोत्तमा-२ का वडाका जनप्रतिनिधिहरु,बालक्लवका पदाधिकारीहरु, शिक्षकहरु, बिद्यार्थीहरु,प्रहरीहरु तथा वुद्दिजिवी सरोकारवालाहरुको उपस्थितिमा बालमैत्री स्थानीय शासन सम्बन्धी सचेतनामुलक अभियान सम्पन्न गरेको छ ।
स्थानीयस्तरका सबै क्षेत्र र तहहरुको नीति, संरचना, कार्यप्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराई बालबालिकाको सम्पुर्ण अधिकारलाई संरक्षण गरि प्रत्येक वडालाई बालमैत्री वडा वनाई सिंगो नगरपालिकालाई नैै बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले अभियानको संचालन गरेको बिद्यालयका शिक्षक नारायण प्रसाद भुसालले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकालाई यहि मङ्सिर २९ गते घोषणा गर्न लागिएको बालमैत्री नगरको सन्दर्भमा वडा नम्बर- २ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य लिई अशोज महिनादेखि विभिन्न अभियान सन्चालन गरेको छ । जनजागृति माबिका बालमैत्री फोकल पर्सन शिक्षक गीता पन्तका अनुसार बाल मैत्री स्थानीय शासन सम्बन्धी सचेतनामुलक कार्यक्रम निरन्तर गरिरहेको र शैक्षिक क्रियाकलाप संगै सामाजिक चेतनाका लागी बाल बिकास, बाल बचाऊ, बाल संरक्षण, सहभागिता र सस्थागत अभियान थालेको भनाइ छ। सो बिद्यालय सामजिक सचेतना अभियानमा कक्षा ३ देखि कक्षा १० सम्मका बिध्यार्थिहरु सहभागी भएको बिद्यालयका जन जागृति बाल समूहकि अध्यक्ष सरिता पन्थीले बताउनुभयो। अभियानका क्रममा विद्यालयको र्याली बिद्यालय परिसर योगीकुटी हुदै जानकीनगर हुदै तपाहा लाइन हुदै विद्यालयमै आएर समापन गरिएको बिद्यालयका प्रधानाध्यापक टंक पौडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्