लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालमैत्री तिलोत्तमा नगरका लागी रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न

IMG

२०७८ मङ्सिर १६,तिलोत्तमा सिटी।रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिकाको रुपमा घोषणा सहित निरन्तरता दिन मङ्सिर २९ गते घोषणा हुने भएको छ। सोही अवसरमा बालमैत्री स्थानिय शासनका सुचकहरुको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणा पश्चात दिगोपनका लागी रणनीतिक योजना निर्माण कार्यशाला आज तिलोत्तमा नगरपालिका प्रशासकीय भवन परिसरमा सम्पन्न भएको थियो। सो अवसरमा आफ्नो प्रशिक्षण दिदै तिलोत्तमामा बालमैत्री नगर घोषणा शुरुवात भएको भन्दै रास्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबेले नगरबासीको सामुहिक पहलले तिलोत्तमा नगर देशमै सबैभन्दा छिटो बाल मैत्री नगर घोषणा हुन लागेको बताउनुभएको छ।  ४ बर्ष अघि सामान्य छलफल भएको कुराले २ महिना अगाडी मात्रै सार्थकता पाएको भन्दै प्रशिक्षक चौबेले छोटो समयमा कामको शुरुवात गरेर छिट्टै बालमैत्री शासनका लागि अघि बढेकोमा आश्चर्य ब्यक्त गर्दै नगरबासी जनप्रतिनिधि, कर्मचारी र सहजकर्ताको सहयोग सद्भाव र खटाइप्रति खुशी ब्यक्त गर्नुभयो।




यसै सन्दर्भमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बाल मैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्नुभएको छ।बाल बालिकाको अधिकार सुनिस्चित गर्न सके मात्र देश बिकाशको आधार निर्माण हुने भन्दै नगरप्रमुख घिमिरेले नगरपालिका भित्रका बाल बालिकाको अधिकार सुनिस्चित गर्न अभिभाबक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीबी, संचारकर्मी,संघ सस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताउनुभयो। बालबालिकालाई बाल श्रम गराउने, शिक्षाबाट बन्चित गराउने, विभिन्न कार्यमा खटाउने प्रयोग गर्ने, लागुपदार्थ दुर्व्यसन र मादक पदार्थ किन बेच तथा प्रयोगमा सामेल गराउने जस्ता अवान्छित क्रियाकलाप गराएको खण्डमा कानुन अनुसार कारबाही गरिने जानकारी गराउदै नगर प्रमुख घिमिरेले बालबिबाह जस्तो सामाजिक अपराध गर्नेहरु समेत सचेत हुनुपर्ने बताउनुभयो। बालमैत्री अभियान समग्र देशको कर्णधारहरुको बिकाशमा सम्बन्धित भएकाले समयमै त्यस्तो खालको बाताबरण बनाएर अघि बढ्नुपर्ने तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले बताउनुभयो। महिलासंगै बालबालिकाको संरक्षण, सम्बर्धन, हकहित र सुरक्षाका लागी सबै अग्रसर भएर लाग्नुपर्नेमा उहाको जोड रहेको छ। 


बालमैत्री नगर घोषणाले समग्र नगरको चेतना संगै बिकाश र सम्वृद्धिलाइ अगाडी डोहोर्याउन सफल हुने बिश्वास गर्दै तिलोत्तमा नगरपालिकाकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले दिगो बिकाशको लक्ष्य पुरा गर्न र जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख गरेका लगभग ७५ प्रतिशत सेवालाइ पुरा गरि निरन्तरता दिन सघाउ पुर्याउने बताउनुभयो। प्रमुख प्रसासकिय अधिकृत पौडेलले बालबालिकाको लागि छुट्टै बाताबरण सृजना गरि उनीहरुलाई सहज तरिकाले बाच्न पाउने अधिकार, सिकाइ गर्न पाउने अधिकार, आधारभूत अधिकार, स्वास्थ्य शिक्षा, सहभागिता र बालबालिकालाई समाजमा संस्थागत गर्न बालमैत्री नगर निर्माणले सघाउ पुर्याउने बताउनुभयो। 


त्यस्तै शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बिद्यालय, स्वास्थ्य चौकी,टोल टोल, आमा समूह, युवा क्लब, प्रहरी, अभिभावक, बुद्धिजिबी, संचारकर्मी, सरकारी तथा गैह्र सरकारी सस्था, सार्बजनिक स्थान आदिमा बालमैत्री बाताबरण निर्माण गर्न नगरपालिका अग्रसर भएकोले यो अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। उहाले अब तिलोत्तमा नगरमा बालमैत्रीका ५१ सूचक मध्ये धेरै सूचक पुरा भएको र केहि सूचक मात्रै पुरा गर्न बाँकी रहेकोले सबैको सहयोगले मङ्सिर २९मा नगरलाई बाल मैत्री नगर घोषणा गर्न सकिने बताउनुभयो। सबैले मिलेर आफ्नै भविष्य कोर्ने अवसर आएको बताउदै बालमैत्री अभियानले सोचेको भन्दा बढी सार्थकता पाएकोमा शिक्षा शाखा प्रमुख आचार्यले खुसि ब्यक्त गर्नुभयो। 


सो कार्यक्रममा तिलोत्तमा नगरका नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य,प्रबक्ता सुरेन्द्र श्री, १७ वटै वडाका अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, विद्यालयका अध्यक्ष , प्रधानाध्यापक, बिद्यार्थी, अभिभावक, टोल बिकाश, युवा क्लब, आम समूह, स्वास्थ्य कर्मचारी, स्वयम्सेविका,संचारकर्मी,सरकारी तथा गैह्र सरकारी सत्ताका प्रतिनिधि ,बालसंजाल, बालसमुह, बालधिकार समिति, सुरक्षाकर्मि प्रहरी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यशालामा सबै वार्डका प्रतिनिधिहरुले आफ्नो समग्र वार्डको हालसम्मको बालमैत्री बाताबरणको अवस्था रिपोर्टिंग गर्नुका साथै आगामी योजना समेत निर्माण गरि प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्