
२०७८ मङ्सिर १२,तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशको सुगम नगरपालिका तथा देशमै उत्कृस्ट नगरको रुपमा रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका बेला-बेलामा चर्चामा आउने गर्दछ। आफ्नो सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाएको यस नगरले अहिले आफ्ना वार्ड मार्फत नै घरनक्सा पास तथा बिकाश निर्माणका योजनाहरुलाई वार्डबाटै काम हुनेगरि सेवाप्रबाह शुरु गरेको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलका अनुसार "अब नक्सा र योजना सम्झौता तथा सम्पन्न लिन नगरपालिका आउन नपर्ने गरि सेवा बिस्तार गरेका छौ , आशा छ, सेवाग्राहीहरुमा यसले छिटो सहज र मितव्ययी अपनाउन सहयोग पुग्ने छ।" प्रमुख प्रशासकीय अधिकृत पौडेलले वडा नम्बर-४ बाट सो सेवा शुभारम्भ भएको घोषणा गर्दै अब सेवाग्राहीलाई थप सहज, बिना झन्झट, समय र पैसाको बचत हुने गरि नगरपालिका अगाडी बढेको बताउनुभयो।
सेवा प्रबाहलाई घरआगँनमा जोड्दै तिलोत्तमा नगरपालिकाका नगरबासी योजना सम्झौताको लागि अब नगरपालिका धाउने होइन, नगरपालिकाको प्रशासन ,योजना शाखा अब जनताको घरदैलोमा आउने प्रणालीको सुभारम्भ गरेका छौ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो। प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले आइतबार वार्ड नम्बर-४ बाट सेवा सम्झौता प्रारम्भ गर्दै सो कुरा उल्लेख गर्नुभएको हो। नगरपालिकामा भैसकेका सम्झौतासंगै वार्ड अनुसारका सम्झौता तथा नगर भित्रका घरनक्सा पाससम्मको प्रक्रिया अब वार्डबाटै हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ। शुभारम्भ कार्यक्रममा तिलोत्तमा नगरपालिका योजना शाखाका प्रमुख प्रदिप बन, योजना अधिकृत पशुपति खनाल, इन्दिरा सुबेदी ज्ञवाली, वार्ड नम्बर-४ का सचिव काशिराम ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्