
२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागू गरेको हाई ईन्टिग्रिटी इन्चार्ज आवार्ड अन्तर्गत २ जना कार्यालय इन्चार्जहरुलाई उक्त आवार्डबाट सम्मान गरेको छ । कार्तिक महिनाको अवार्डबाट ईलाका प्रहरी कार्यालय मंगलापुर, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक लक्ष्मण डाँगी र प्रहरी चौकी गुलरिया रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक हुमनाथ पौडेललाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम कार्तिक महिनामा समग्र ईन्टिग्रिटीको पक्षहरुको आधारमा उच्च ईन्टिग्रिटी स्कोर प्राप्त गर्ने उक्त ईन्चार्जहरुलाई हाई ईन्टिग्रिटी ईन्चार्ज आवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नयव उपरिक्ष एवम् प्र्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।
सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै यस कार्यालयबाट संचालन गरीएको फरार अपराधी पक्राउ (पिएफ ओ), पटाका बरामद, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टग्रेटी स्कोर प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले सम्मान गरिएको प्रवक्ता पौडेलले जानकारी गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले प्रहरी नायव निरीक्षक डाँगी र प्रहरी सहायक निरीक्षक पौडेललाई अवार्ड प्रदान गरेका हुन् ।
कमेन्ट गर्नुहोस्