लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१३ को अपांगतामैत्री,बालमैत्री वडा कार्यालय भवन उद्घाटन

IMG

२०७८ मङ्सिर ८,तिलोत्तमा सिटी ।रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित बनकट्टिमा रहेको वडा नम्बर-१३ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बुधबार उद्घाटन गर्नुभएको हो। अपांगतामैत्री तथा बालमैत्री तबरले सुब्यबस्था गरी बनाइएको आधुनिक भवनमा स्तरीय तथा ठूला ५ वटा कोठा छन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले नगरका सबै वार्डको भौतिक संरचना निर्माण सम्पन्न भएको तर कोभिड या अन्य कारणले उद्घाटन कार्य बाँकी रहेको बताउदै स्थानियबासीहरुलाई पायक पर्ने स्थानको सार्बजनिक स्थानको जग्गामा सुब्यबस्थित भवन निर्माण गरेको बताउनुभएको छ। तिलोत्तमा नगर बाल मैत्री नगर घोषणा हुने कार्यक्रमको नजिक आएकोले सोहि अनुसारका भवन निर्माण गरिएको र सबैलाई सुबिधा हुने गरि भौतिक निर्माण गरिएको नगर प्रमुख घिमिरेको भनाई छ।    


सबै वडा कार्यालय बनिसकेकोमा खुशी व्यक्त गर्दै भौतिक संरचना जस्तो कुराको विकास समयमै हुनु ठुलो कुरा भएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो । उहाले कोभिडका कारण पहिले निर्माण सम्पन्न भैसकेको भवनमा कामकाज शुरु भैसकेको र निकै छोटो समयमै निर्माणसम्पन्न भएको बताउनुभयो। भवन निर्माण सम्पन्न भएपछि वडा नम्बर-१३ का वडावासी खुशी भएको उहाले बताउनुभयो। भवन जस्तै सुन्दर तरिकाले अब जनताको सेवा सहजतालाई अघि बढाउनुपर्ने उहाको भनाइ थियो ।


कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-१३ का अध्यक्ष गणेश न्यौपानेले भवन निर्माण सुरुदेखि सम्पन्न हुँदासम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाले भवन छोटो अवधिमै  निर्माणसम्पन्न भएको भन्दै सहज तबरको सेवा, बालमैत्री, अपांगता मैत्री, ज्येष्ठ नागरिकको पहुँच र सबै  वडाबासीहरुको सेवामा वडा अग्रसर भएको बताउनुभयो। कार्यक्रमममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,  तिलोत्तमा नगरपालिका–१३ का वडा सदस्यहरु  मिरा कुमारी बिक, देव बहादुर थापा, धन बहादुर थापा, तुलसा रानी थारु, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे , वडा नम्बर १४ का अध्यक्ष सोहन प्रसाद थारु, वडा सदस्य एच बि रम्तेल , कर्मचारी, स्थानीय उद्योग व्यवसायी, टोल विकाश संस्था, आमा समूह, बाल समुह, ज्येष्ठ नागरिक समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वार्ड सचिव कृष्ण पौडेलले गर्नुभएको हो।

                                                                

कमेन्ट गर्नुहोस्