
२०७८ मङ्सिर ७ ,तिलोत्तमा सिटी ।विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संघको मंगलबार तिलोत्तमा मणिग्राम स्थित ई -गार्डेनमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि विद्युतीय व्यवसायी संघका केन्द्रिय सल्लाहकार तथा रुपन्देही विद्युतीय व्यवसायी संघका सस्थापक अध्यक्ष अनन्तमान थैवले विद्युतीय व्यवसायीहरुले संघमा आबद्ध ब्यबसायीको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताए । तिलोत्तमा नगरपालिकाले संघको आफ्नै भवन निर्माण गर्न र क्रियापुत्रि भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको र सो को निर्माण चरण पुरा हुन लागेको भएको बताउदै उनले संघको प्रगतिले भबिस्यमा अझै सूचना प्रबिधि तर्फ प्रगति गर्न पर्ने बताउनुभयो। व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या समाधान गर्नका लागि प्रदेश सरकारमा आवश्यक पहल गर्न संघ दिनरात लागिपरेको उनले बताए ।
त्यस्तै कार्यक्रममा रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमाका कोशाध्यक्ष हुमनाथ पराजुलीले ८० हजार बढीको आयव्यय सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै संघका अध्यक्ष उपेन्द्र अधिकारीले संघमा आबद्ध हुन सबै व्यवसायीलाई आग्रह गर्नुभएको थियो। सो कार्यक्रममा बिशिष्ठ अतिथि रुपन्देही विद्युतीय व्यवसायी संघका प्रकाश चन्द्र पाण्डे, रुपन्देही विद्युतीय व्यवसायी संघका हरिहर ज्ञवाली, चन्द्र कान्त भण्डारी, शान्त राज खनाल , लोकनाथ पोखरेल लगायतले बोल्दै संघको नया कार्य समिति चयन भएकालालाई बधाई तथा शुभकामना दिएका थिए।
संघमा गैह्रेको नयाँ नेतृत्व
रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्ष पदमा चिरञ्जीवी गैह्रे सहित ७ जना नयाँ कार्यसमितिको चयन गरेको छ । संघको उपाध्यक्षमा विकास न्यौपाने, सचिव चूडामणि सुवेदी, कोषाध्यक्ष हुमनाथ पराजुली र सदस्यहरुमा दिपेश पाण्डेय,युवराज गुरुङ्ग,शिवलाल भन्डारी लगायतका रहेका छन्। नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि विद्युतीय व्यवसायी संघका केन्द्रिय सल्लाहकार तथा रुपन्देही विद्युतीय व्यवसायी संघका सस्थापक अध्यक्ष अनन्तमान थैवले बधाई शुभकामना सहित टिका माला तथा प्रमाण पत्र प्रदान गरेका थिए।
कमेन्ट गर्नुहोस्