लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार र औषधि

IMG

२०७८ मङ्सिर २,तिलोत्तमा सिटी ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई घरघरमै उपचार सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेरमाथिका व्यक्तिलाई घर–घरमा पुगेर सेवा दिने गरी ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरेको हो ।नगरपालिकाले विभिन्न ११ किसिमका औषधि र मधुमेह परीक्षणकोसमेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको साथै निःशुल्क औषधि र आवश्यक परामर्श उपलब्ध गराउने जनाएको छ ।सोमबार कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।


कार्यक्रम अनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरू नागरिकको घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् ।सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई निःशुल्क औषधि दिइने र स्वास्थ्य समस्या जटिल उन्मुख भए आवश्यकता अनुसार अस्पताल पठाइने नगरपालिकाले जनाएको छ । तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ ।

कमेन्ट गर्नुहोस्