
तिलोत्तमा सिटी,३ कार्तिक २०७८। रुपन्देहीको मणिग्रामको बहुचर्चित सिता भण्डारी पौडेल आत्महत्या प्रकरण ११ लाखको लेनदेनमा अन्त्य भएको छ।अन्तत: ४५ दिन मुर्दाघरमा रहेको सीताको शव बिबाह खर्च र सापटी रकम लिएपछि घाट पुगेको हो । भाद्र १९ गते राती भएको त्यो दु:खद घटनापछी भएका अन्तरदृश्यले सीताको लागि न्याय दियो या दिएन तर अदालती प्रक्रियालाई सघाउने गरि अक्षयकोशका लागि १० लाख बिबाह खर्च र १ लाख सापटी रकम गरि जम्मा ११ लाखको सहमतिले ४५ दिनमा सीताको दाहसस्कार गरिएको छ।
कसरी भयो सहमति ?
२७ वर्षीय भण्डारी भदौ १९ गते राती अर्थात अर्को दिन २० गते बिहान आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टमा उनले आत्महत्या गरेको भनिएपनि माइतीपक्षले भने सीतालाइ घरका श्रीमानसहित परिवारले मारेको आरोप लगाउँदै आएको थियो ।स्रोतका अनुसार मृतक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार ११ लाखको अक्षयकोष बनाउने सहमति पछि शव बुझेर अन्त्येष्टि गरिएको हाे । यसअघि माइतीपक्षले सीताका घरपक्षसंग बारम्बार दाइजो फिर्ता गर्ने सहमति भएको तर दाइजो घरबाट फिर्ता गर्दा राम्रो नदेखिने भन्दै घर तर्फकाले नगद दिने सहमति भएपछि ११ लाखमा आई सहमति भएर शव बुझ्ने काम भएको माईति पक्षले जनाएको छ।
गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सिता भण्डारी पौडेलको आत्महत्या या हत्या भन्ने बिवाद लम्वीदा डेढ महिनासम्म अन्तेष्टी हुन सकेको थिएन्। हामीलाई प्राप्त सुचना अनुसार मृतक सिता भण्डारीका माईती पक्षले पौडेल परिवारबाट मंगलबार अपरान्ह १० लाख बिबाह खर्च र १ लाख सापटी लगेको तिराई बापत ११ लाख रुपैयाको चेक बुझेपछि अन्तेष्टी गर्न सहमती दिएका थिए।शवलाई तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सिमा क्षेत्रमा रहेको मगरघाटमा माईती पक्ष समेतको सहभागीतामा अन्तेष्टि गरीएको प्रहरीले जनाएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ गंगोलियाका एक स्थानीय समेत रहेका मध्यस्तकर्ताको घरमा भएको लिखित सहमती अनुसार मृतक सिताका ससुरा देवी पौडेलले सिताका भाईले भिनाजु (टिका पौडेल)लाई दिएको सापटी एक लाख रुपैया र बिवाह गर्दा दाइजोमा लागेको खर्च बापतको १० लाख रुपैयाको चेक दिएका थिए।
माइती पक्षले छानविन गरी दोषी माथि कारबाहीको माग गर्दै गत भदौ २२ गते प्रहरीमा जाहेरी दिएका थिए । उनका श्रीमान आमाजु (दिदी) र जेठाजु बिरुद्ध आत्महत्या दुरुत्साहनमा पुर्पक्षका लागि अहिलेपनि थुनामा छन्। प्रहरीले अनुसन्धानको क्रममा मृतक सिता भण्डारीको मोवाईल बाट .... .........मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको”। सुसाईड नोट फेला परेको भए पनि माईती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै करीव १ महिना आन्दोलन गरेका थिए।२७ बर्षिय सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) समेतको सहयोगमा अनुसन्धान भएको थियो।
कमेन्ट गर्नुहोस्