लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्किए सहर

IMG

तिलोत्तमा सिटी,३१ असोज २०७८। दशैंको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन्।दशैं मनाउन गाउँघर गएकाहरु बुटवल भैरहवा भित्रिने क्रम जारी छ । लुम्बिनीका बुटवल भैरहवा नेपालगंज कपिलबस्तु नवलपरासी लगायतका नाकाहरुमा दशै मनाएर सहर फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले बजार पुरानै लयमा फर्किन थालेको आभास मिल्छ।



बुटवल बसपार्क भैरहवा बेलहिया नाकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्