लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना, एक जना घाइते

IMG

तिलोत्तमा सिटी,२७ असोज २०७८। रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको मधवलियामा बुधबार साँझ बलेरोले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी कार चालक घाइते भएको र उनलाई उपचारका लागि क्रिमशन अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज लक्ष्मण डाँगीले बताए ।बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बलेरोले सडक पारगरी पूर्वतर्फ जाँदै गरेको कारलाई ठक्कर दिएको उनले बताए । घटना बारे विस्तृत विवरण आउन बाँकी ।

कमेन्ट गर्नुहोस्