लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीता भण्डारी मृत्यु प्रकरण : पुर्पक्षका लागि ३ जना थुनामा

IMG

तिलोत्तमा सिटी,२० असोज २०७८। रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणमा संलग्न रहेको आराेपमा ३ जना पुर्पक्षका लागि थुनामा गएका छन् । मृतक सीता भण्डारीका श्रीमान् टीका पौड्याल ,जेठाजू हरि पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरीले जनाएको छ ।थुनछेक बहसपछि उनीहरूलाइ पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरी प्रबक्ता डिएसपी सत्य नारायण थापाले बताए । थप अनुसन्धानका भैरहेको प्रहरीले जनाएको छ ।


मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको थियाे । प्रहरीले पनि सीताले आत्महत्या गरेको  रिपाेर्ट सार्रवजनिक गरेको थियाे ।


सडकमा आन्दोलनचर्किँदा पनि स्थानीय ,प्रदेश र संघीय सरकार रमिते बनेका छन् । पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाब खेपेको छ ।


कमेन्ट गर्नुहोस्