लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रहरी भन्छ-सुसाइड नोट भेटियो:सिता ‘मृत्यु’ प्रकरण

IMG

तिलोत्तमा सिटी,१६ असोज २०७८।  रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ मणिग्रामकी सिता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ । भण्डारी गत भदौं १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको बताएको थियो ।




छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यहाँका प्रमुखले किटानी जाहेरी लिन नमानेपछि आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनको दबावमा आएपछि आत्माहत्या दुरुसाहनको मुद्दा दायर गर्न लगाइएको थियो । लगत्तै आरोपित श्रीमान टीका पौड्याल, उनकी दिदी बिष्णु पौड्याल, जेठाजू हरि पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अदालतले म्याद थप गर्न मानेन भन्दै उनीहरुलाई प्रहरीले छाड्ने संकेत गरेपछि थप आन्दोलनहरु भएका थिए ।



रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले प्रहरीले अनुसन्धानका क्रममा मृतक सिताले राति १२ बजेर १७ मिनेटमा उक्त सुसाइड नोट पठाएको उल्लेख छ । तर प्रहरीले सीता भण्डारीले उक्त सुसाइड नोट आमा वा बुवामध्ये कसलाई पठाएको भन्ने खुलाएको छैन ।प्रहरीले सिता भण्डारीको घटनास्थलबाट बरामद् गरिएको आइफोनलाई डिजिटल फोरेन्सिभ ल्याबमा प्राविधिक परीक्षणको लागि पठाइएकोमा उक्त आइफोनको नोटमा २० गते राति १२ बजे १७ मिनेटमा लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले उल्लेख गरेको छ ।मोबाइलमा लेखिएको नोट रोमनमा लेखिएको र मोबाइलको प्याटर्न विगतमा सीताले प्रयोग गर्नेसँग मिलेको प्रहरीले बताएको छ ।गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सिता भण्डारीको न्यायको लागि भन्दै जस्टीस फर सीता भण्डारी भन्ने अभियान संचालन गरेर आन्दोलन चलिरहेको छ ।२७ वर्षीय सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोसमेतको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।


भण्डारी मृत्यु प्रकरणको २६ दिनपछि रुपन्देही प्रहरीले सार्वजनिक गरेको रिर्पोटमा भने सीताले सुसाइड नोट लेखेर आत्महत्या नै गरेको अनुसन्धानबाट देखिएको जनाएको छ । प्रहरीका अनुसार सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले लेखेको सुसाइड नोट फेला परेको हो । सो नोटमा ‘………मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको प्रहरीले जनाएको छ । यता, माईती पक्षले भने मोबाइलको सुसाइड नोट विश्वास गर्न नसकिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्